बुधबार, कार्तिक १९ गते २०८३ Wednesday, 04 Nov, 2026
Follow Us on

Trending

दोस्रो मैत्रीपुर्ण फुटबल खेलमा भारतसँग नेपाल पराजित

गण्डकी पोष्ट भाद्र २०, २०७८ आइतबार
  • 280
    SHARES
  • दोस्रो मैत्रीपुर्ण फुटबल खेलमा भारतसँग नेपाल पराजित

    भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । आइतबार घरेलु मैदानमा नेपालले भारतसँग २–१ गोलको हार बेहोरेको हो ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक–एक गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काए । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औँ फारुखले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । 

    खेलको ७५औँ मिनेटमा सुनिलले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा तेज तामाङले एक गोल फर्काए । 

    यसअघि बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेलेका नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । जसमा नेपालका लागि अञ्जन विष्ट तथा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।

    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेलेका हुन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार