नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ ।
हालसम्म कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाउनेमध्ये ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा र ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । खोप योग्य जनसङ्ख्यामध्ये १५.४ प्रतिशतले पूर्ण मात्रा र १७.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
सरकारले कुल जनसङ्ख्याको ७१ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपालमा प्राप्त भैइसकेको र थप खोप आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले अहिले ४० वर्षमाथिको उमेर समूह, विद्यार्थी, अत्यावश्यक सेवामा संलग्न लगायतलाई प्राथामिकतामा राखेर खोप लगाइरहेको छ ।
(2).gif)
