मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

रोनाल्डोको रेकर्ड, बने सर्वकालीन सर्वाधिक गोलकर्ता

गण्डकी पोष्ट भाद्र १७, २०७८ बिहीबार
  • 288
    SHARES
  • रोनाल्डोको रेकर्ड, बने सर्वकालीन सर्वाधिक गोलकर्ता

    पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार विश्वकप छनोट खेलअन्तर्गत आयरल्यान्डसँगको खेलमा दुई गोल गरेसँगै ३६ वर्षीय रोनाल्डो सर्वाकालीन सर्वाधिक गोलकर्ता बनेका हुन् ।

    images

    सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलअन्तर्गत पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको थियो । पोर्चुगलस्थित स्टेडियो अलगाब्रेमा घरेलु टिमका लागि कप्तान रोनाल्डोले दुई गोल गरेका थिए । 

    उनले खेलको अन्त्यतिर रोनाल्डोले दुई गोल गरे । खेलको ८९औँ मिनेटमा र इन्ज्युरी समयमा दोस्रो गोल गर्दै उनले पोर्चुगलको जित सुनिश्चित गरे । यी दुई गोलसँगै उनले राष्ट्रिय टोलीका लागि एक सय ११औँ गोल गरे । रोनाल्डोले एक सय ८० खेल खेलेका छन् ।

    उनले इरानका अली दाईलाई दुई गोलले उछिने । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी एक सय नौ गोल गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार