सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

जापानभरका फ्यामिलीमार्टमा नेपालका बाढीपीडितका लागि सहयोग रकम संकलन अभियान सुरु

जापानभरका फ्यामिलीमार्टमा नेपालका बाढीपीडितका लागि सहयोग रकम संकलन अभियान सुरु

नेपालमा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि जापानमा रहेको ठूलो कम्बिनियन्स स्टोर फ्यामिलीमार्टले  सहयोग अभियान संचालन गरेको छ । 

images

जापानी भाषामा 「ネパール大規模洪水災害支援金募金」 नाम दिइएको उक्त अभियान यही सेप्टेम्बर २ देखि सेप्टेम्बर १५, सम्म सञ्चालन हुने आफ्नो होम पेजमा राखेको छ ।  । 

अभियानअन्तर्गत जापानभर रहेका करिब १६ हजार ५०० फ्यामिलीमार्ट स्टोरमा Donation Box (सहायता रकम संकलन बाकस) राखिएको छ । नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरीएको बाकसमा इच्छुकले रकम सहयोग गर्न सक्नेछन्।

अभियानबाट संकलित सहायता रकमको व्यवस्थापन तथा सहयोग कार्यमा संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम संघ प्रमुख संस्थाका रूपमा संलग्न रहेको छ भने र सेभ द चिल्ड्रेन जापानपनि अभियानसँग जोडिएको छ।

नेपालमा आएको प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको जीवनयापन कठिन बनेको अवस्थामा जापानमा सञ्चालन गरिएको यस अभियानले अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति ऐक्यबद्धता र मानवीय सहयोग जुटाउने अपेक्षा गरिएको छ।

जापानमा रहेका नेपाली समुदाय तथा नेपालप्रति सद्भाव राख्ने जापानी नागरिकलगायत सम्पूर्ण शुभेच्छुकहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरी बाढीपीडित नेपालीको राहतमा साथ दिन आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार