शुक्रबार, श्रावण २२ गते २०८३ Friday, 07 Aug, 2026
Follow Us on

Trending

एनआरएनए कान्तोद्वारा सेप्टेम्बर ६ मा BBQ तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने

गण्डकी पोष्ट श्रावण १९, २०८३ मंगलबार
  • 267
    SHARES
  • एनआरएनए कान्तोद्वारा सेप्टेम्बर ६ मा BBQ तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने

    गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय समिति कान्तोले टोकियो तथा आसपास रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले BBQ तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    आगामी सेप्टेम्बर ६ तारीख आइतबार कासाई रिन्काई पार्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने कान्तो  संयोजक दिपक सुबेदी (विप्लव)ले जानकारी दिए ।

    एनआरएनए कान्तो टोकियोको सातौं भौतिक बैठकले कान्तोका सदस्य सरोज भुसालको संयोजकत्वमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। कान्तो टोकियोका संयोजक दिपक सुबेदी (विप्लव)का अनुसार कार्यक्रममा BBQ सँगै जापानमा रहेका स्थानीय नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।

    कार्यक्रम संयोजक सरोज भुसालले यो कार्यक्रम केवल BBQ मा सीमित नभई नेपाली समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा आयोजना गरिएको बताए।

    एनआरएनए कान्तो टोकियोले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रममार्फत समुदायबीचको एकता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    एनआरएनए कान्तो टोकियोका सचिव सोहन कुमार खत्रीले टोकियो तथा आसपासमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था, समुदायका अगुवा, सदस्य तथा शुभेच्छुकहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि अनुरोध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार