मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

टोकियो र ओसाकामा बिहुँकोट समाज जापानका क्षेत्रीय समितिद्वारा बृहत् बार्बिक्यु तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै

गण्डकी पोष्ट बैशाख ३१, २०८३ बिहीबार
  • 921
    SHARES
  • टोकियो र ओसाकामा बिहुँकोट समाज जापानका क्षेत्रीय समितिद्वारा बृहत् बार्बिक्यु तथा विविध सांस्कृतिक कार्यक्रम  गर्दै

    जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित बिहुँकोट समाज जापानका विभिन्न क्षेत्रीय समितिहरूले बृहत् बार्बिक्यु (BBQ) सहित विविध कार्यक्रमहरू आयोजना गर्ने भएका छन्।

    images

    समाजअन्तर्गत कान्साई क्षेत्रीय समितिद्वारा यही मे २१ तारीख बिहीबार ओसाकामा “ बार्बिक्यु तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपाली समुदायबीच आत्मीय भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ। विशेष आकर्षणका रूपमा नौमती बाजा समूह ओसाकाको सांगीतिक प्रस्तुति रहने बताइएको छ।

    कान्साई क्षेत्रीय अध्यक्ष लक्ष्मण न्यौपानेले परदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायबीच भाइचारा र सहकार्यको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

    att.Th2tc_7yFJ2qgMFb4EKgk3W2PWOPZFoGkBEK_IpzDho.jpeg

    त्यसैगरी बिहुँकोट समाज जापानको कान्तो क्षेत्रीय समितिले  मे २३ तारिख शनिबार टोकियोस्थित कासाई रिङ्काई पार्कमा “समर बार्बिक्यु कार्यक्रम” आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रममा बार्बिक्यु पार्टीसँगै बाल विशेष प्रस्तुति, वक्तृत्वकला प्रतियोगिता, म्युजिकल चेयर तथा विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने बताइएको छ।

    कान्तो क्षेत्रीय संयोजक कृष्ण प्रसाद कँडेलले विशेषगरी जापानमा हुर्किरहेका नेपाली बालबालिकामा आफ्नो भाषा, संस्कृति र जन्मभूमिप्रतिको भावना विकास गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बाबुनानीहरूको सहभागिता सुनिश्चित गराउन आग्रह गर्नुभएको छ।

    att.pdLouuclmYMBBu23u07s1eDnwBrtcH5EFDLcYWwt4JU.jpeg

    बिहुँकोट समाज जापानका केन्द्रीय अध्यक्ष टिकाराम कँडेलले परदेशमा रहेर पनि नेपाली समुदायलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने उद्देश्यले समाजले निरन्तर सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन अनुरोध गर्नुभएको छ।

    दुवै कार्यक्रमले परदेशमा रहेका नेपालीहरूबीच आत्मीयता, सहकार्य तथा नेपाली संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार