मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए कान्तो संयोजक पदमा दिपक सुबेदी ‘बिप्लब’को उम्मेदवारी घोषणा

गण्डकी पोष्ट आषाढ १२, २०८२ बिहीबार
  • 435
    SHARES
  • एनआरएनए कान्तो संयोजक पदमा दिपक सुबेदी ‘बिप्लब’को उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत क्षेत्रीय समन्वय परिषद् कान्तोको आगामी कार्यकाल (२०२५-२०२७) का लागि दिपक सुबेदी ‘बिप्लब’ले संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

    images

    समाजसेवामा एक दशकभन्दा लामो अनुभव सँगाल्दै आउनुभएका सुबेदीले आफू केवल उम्मेदवार मात्र नभई परिवर्तनको सोच, सम्भावनाको दृष्टि र समाधानको शक्ति लिएर अगाडि आएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “मेरो उम्मेदवारी कुनै प्रतिस्पर्धा होइन, सहकार्य, समावेशिता र समृद्ध समाज निर्माणतर्फको साझा अभियान हो।”

    बागलुङको गल्कोटमा जन्मिनुभएका सुबेदी सन् २०१५ देखि जापानमा बसोबास गर्दै आउनुभएको छ। जापानलाई आफ्नो कर्मभूमिको रूपमा स्वीकार गर्दै उहाँले निलुवा समाज जापानको संस्थापक सदस्यका रूपमा सामाजिक यात्रा सुरु गर्नुभएको हो। साथै, गल्कोट स्पोर्ट्स क्लब टोकियोमा सदस्य, सचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ। त्यसैगरी, गल्कोट समाज जापान (कान्तो)मा पनि उहाँले सदस्य, सचिव हुँदै हाल केन्द्रीय सदस्यको रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ।

    गैरआवासीय नेपाली संघ जापानसँग उहाँको सम्बन्ध पनि निकै सक्रिय रहँदै आएको छ।२०१९-२०२१: कार्यसमिति सदस्य,२०२१-२०२३: सचिव,२०२३-२०२५: उपसंयोजकका रूपमा तथा विभिन्न कार्यक्रमहरूको संयोजकको रूपमा कार्यसम्पादन गर्नुभएको छ।

    संघसंस्थाबीच समन्वय, आपसी समझदारी, सहकार्य र समावेशी नेतृत्वलाई प्राथमिकतामा राख्दै जापानभरि फैलिएको नेपाली समुदायलाई एकताबद्ध गर्दै लैजानु आवश्यक रहेको बताउँदै, उहाँले भन्नुभएको छ, “क्षेत्र र केन्द्रलाई जोड्दै, जापानका सम्पूर्ण संघसंस्थासँग सहकार्य गरेर समस्याहरूको समाधानतर्फ अग्रसर हुने दृढ संकल्पसहित म यो जिम्मेवारीका लागि प्रस्तुत भएको हुँ।”

    “सकिन्छ भने सहयोग गरौँ, सकिँदैन भने कसैलाई असर नपारौँ” भन्ने मान्यता राख्नुभएका सुबेदीले अग्रजप्रति सम्मान र युवाप्रति प्रोत्साहनलाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाउनुभएको छ।

     

    संयोजक पदका उम्मेदवार सुबेदीले जापानभरि रहनु भएका सम्पूर्ण नेपाली समुदायसँग साथ, समर्थन र सल्लाहको अपेक्षा समेत गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार