मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

पर्वत समाज जापानद्वारा टोकियोमा“नेपालमा साहसिक पर्यटनको सम्भावना र चुनौती विषयक”अन्तरक्रिया कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट फाल्गुण २१, २०८१ बुधबार
  • 334
    SHARES
  • पर्वत समाज जापानद्वारा टोकियोमा“नेपालमा साहसिक पर्यटनको सम्भावना र चुनौती विषयक”अन्तरक्रिया कार्यक्रम सम्पन्न

    पर्वत समाज जापानले टोकियोमा“नेपालमा साहसिक पर्यटनको सम्भावना र चुनौती विषयक”अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको पर्यटन विकासका लागि र पर्यटन भित्र्याउनका लागि प्रवासमा रहेका हरेक नेपालीको महत्त्वपूर्ण भूमिका हुने कुरामा जोड दिँदै यसका लागि हरेक नागरिकहरू सक्षम हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

    images

     

    कार्यक्रममा सहभागीहरूले साहसिक पर्यटन विकासका लागि के कस्ता अवसर,सम्भावना र चुनौती छन् साथै लगानी गर्ने वातावरण लगायत विविध विषयमा उठेका जिज्ञासाहरूको बारेमा  द क्लिफका अध्यक्ष राजु कार्कीले प्रष्ट पार्नुभएको थियो ।

     

    बाग्लुङ र पर्वत जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीको खोचमा ‘द क्लिफ’ ले सञ्चालनमा ल्याएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प,साहसिक खेल स्विङ ,स्काई साइकल, स्काई चियर, स्काई क्याफे, रक क्लाइमिङ, झट्का हान्ने पिङ लगायतका खेलले पर्यटकहरूलाई आकर्षित गरेका छन् ।

     

    एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, एनआरएनए अभियन्ता महेश श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति युबराज जोशी, जापानका लागि नेपाली पर्यटन दूत रामहरी पुडासैनी लगायतले बोल्नुभएको थियो।

     

    अन्तरक्रिया कार्यक्रमको सभापतित्व पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछाने र सहजीकरण प्रवक्ता रविन शर्माले गर्नुभएको महासचिव राम प्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस