मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले गर्यो तिज धमाका २०२४ को आयव्यय सार्वजनिक

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले गर्यो तिज धमाका २०२४ को आयव्यय सार्वजनिक

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा आयोजित  “तिज धमाका २०२४” को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ। 

images

“हाम्रो गाऊँ हाम्रो ठाऊ, हातेमालो गरि समृद्ध गराऔ” भन्ने मान्यताका साथ सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल हाम्रो गौरवशाली संस्था गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा नेपाली नारीहरुको माहान पर्व हरितालिका तिज २०८१ को सुखद अवसरमा आयोजना गरिएको तिज धमाका २०२४ को समिक्षा तथा आयव्यय सार्वजनिक गरेको सचिव पवन बोहोराले जानकारी गराए।

नेपालबाट आमन्त्रित लोक दोहोरी तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार साथै जापानमा कर्मथलो बनाउनु भएका चर्चित कलाकारको बेजोड प्रस्तुती रहेको कार्यक्रममा कुल आम्दानी २१,१५,१११ एक्काईस लाख पन्ध्र हजार एक सय एघार येन भएकोमा १२,००,८२४ बार लाख आठ सय चौबिस येन खर्च हुदा ९,१४,८२७ येन नौ लाख चौंध हज़ार दुई सय सतासी येन बचत गर्न सफल रहेको संस्थाका कोषाध्यक्ष तथा आर्थिक संयोजक चतुर्भुज सापकोटाले बताए। 

यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्ताका लागि एउटा पाठशाला हुने प्रतिक्रिया दिदै नेपाली महिला हरुको विशेष पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि यस पटकको तिज धमाका २०२४ आयोजना भएको महशुष गर्दै आम दर्शक स्रोताले खुसी व्यक्त गरेका समेत थिए।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार