शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

रोल्पाली सेवा समाज जापान शाखाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा वली सर्वसम्मत

गण्डकी पोष्ट आश्विन १२, २०८१ शनिबार
  • 395
    SHARES
  • रोल्पाली सेवा समाज जापान शाखाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा वली सर्वसम्मत

    जापान । रोल्पालीहरुको साझा संस्था रोल्पाली सेवा समाज जापान शाखाको तेस्रो अधिबेशन यही सेप्टेम्बर २२ तारिख आईतबार टोकियोको सुगामो स्थित राईनो किचनमा सम्पन्न भएकोछ ।

    images

    अधिबेशनले केवल प्रसाद वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको बरिष्ठ-उपाध्यक्षमा ओम प्रकाश पुन मगर, उपाध्यक्षहरुमा शान्ति घर्तीमगर, तेज कुमारी परीयर र रवीन्द्र बुढामगर, महासचिबमा प्रकाश चन्द्र बुढामगर, सचिवमा गणेशमान के.सी., कोषाध्यक्षमा दीपिका पुन, सह-कोषाध्यक्षमा मोहन घर्ती मगर, प्रवक्तामा निर्मल कुमार गुरुङ निर्वाचित भएका छन् । भने सदस्यहरुमा पृथ्वी प्रसाद बुढा, प्रीति चन्द, रोशन घर्तीमगर, हिमान पुन मगर, तारा राना मगर, कल्पित परीयर, अन्जु बुढामगर, संगीता बुढामगर, रविकिरण डागी, मनोज पुन, भीम कुमारी थापा चयन भएका छन ।

    अधिवेशनले कमल बाँठा र भिम बहादुर बुढाथोकीलाई संरक्षक तथा बसन्ती घर्ती/केसी, कुबेर वली, कमानसिङ बुढामगर सल्लाहकारमा मनोनित गरेको छ।

    संस्थाका अध्यक्ष भीम बहादुर बुढाथोकी सभापतित्व, एनआरएनए क्यूशूका उप-संयोजक कृष्ण हरी पाठकको प्रमुख आतिथ्यता,ग्लोबल फोरम जापानका महासचिव गंगा लाल जि आरको विशिष्ट आतिथ्यता तथा जापान शाखाका सल्लाहकार  बसन्ती घर्ती /के.सी., रोल्पाली बुद्धिजीवी ओम प्रकाश पुन मगर, रोल्पाली सेवा समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल बाँठा रहेका थिएको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।।

    कार्यक्रमको संचालन रवीन्द्र बुढामगर ले गरेका थिए भने रोल्पाली सेवा समाज जापान का वरिष्ठ उपाध्यक्ष केवल प्रसाद वलीले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गरेका थिए ।

    IMG_9046.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार