बिहीबार , कार्तिक २० गते २०८३ Thursday, 05 Nov, 2026
Follow Us on

एनआरएनए जापान क्षेत्रिय समिती कान्तोको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट भाद्र १२, २०८१ बुधबार
  • 415
    SHARES
  • एनआरएनए जापान क्षेत्रिय समिती कान्तोको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न

    एनआरएनए जापान क्षेत्रिय  समिती कान्तोले तीजको अबसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

    images

     

    गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान कान्तो क्षेत्रीय समितीद्वारा आयोजीत  नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालीकातीजको अबसरमा दर खाने कार्यक्रममा  सम्पन्न गरेको हो।

    बिदेशी भुमीमा रहेर पनि यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी सद्भाव,एकता र  भाईचाराको सम्बन्ध क़ायम हुनुको साथै नेपाली मौलिक पर्व तीजको महत्त्व बढ्ने र हाम्रा कला, संस्कृतिको प्रर्वद्धन र संरक्षण हुनेमा बिश्वस्त रहेको कार्यक्रम संयोजक  ईस्वरी अर्यालले बताउनुभयो ।

     

    एनआरएनए जापानका केन्द्रीय सचिव चन्द्रा कुमारी के.सी.को प्रमुख आतिथ्यतामा  सम्पन्व भयको कार्यक्रममा बिशेस अतिथि एनआरएनए जापानका महासचिब टिकाराम खरेल र सचिव  दिपेस केसी, सह कोषाध्यक्ष अन्जु भन्डारी,सदस्य  ललिता तामाङ रहनुभएको थियो । कान्तो संयोजक सागर कार्की को सभापतीत्वमा भएको कार्यक्रमको सन्चालन सचिब बासुदेब पन्तले गर्नुभएको थियो ।

     

    कार्यक्रममा सहयोग गर्नुहुने सयोगदाताहरुलाई  सम्मान पत्रद्वारा सम्मान गरिएको कान्तो उप-संयोजक दिपक सुबेदी बिप्लबले जानाकारी दिनुभयो ।

    IMG_8452.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार