मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानबाट गलकोट मल्मको एक विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग

जापानबाट गलकोट मल्मको एक विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग

गलकोट समाज जापानका पदाधिकारीहरुले गलकोट नगरपालिका ७ मल्म स्थित स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छन्।

images

गलकोट नगरपालिका वडा नम्बर ७ झिर्कामा रहेको नेटा आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गलकोट समाज जापान क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा हरेक २ दुई वर्षमा गरिने शैक्षिक सुधार योजना अन्तर्गत गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका अति विपन्न विधार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा भौतिक रुपमा पुगेको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोको टिमले वस्तुगत अवस्था बुझे पछि
“वैदेशिक रोजगारी, शहरीकरणप्रतिको आशक्ति लगायतका कारणले मानिसको बढ्दो बसाईसराईले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या दिनहुँ घट्दो क्रममा रहेको र भएका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको अभाव रहेको व्यस्थापन समिति र स्थानीयहरूको माग बमोजिम आफुहरुले संयुक्त रुपमा सहयोग गर्न तयार रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष इश्वर बस्नेतले बताए।

२०३७ सालमा स्थापना भएको उक्त विद्यालय हालसम्मपनि सरकारी स्रोतबाट प्रयाप्त शिक्षकको व्यवस्था नहुँदा निजी तथा स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समयमा स्थानीय स्रोतमा शिक्षकलाई तलब व्यवस्थापन गर्न गार्हो भए पछि १ वर्षका लागि १ जना शिक्षकको व्यवस्थापन गर्ने जिम्मा आफूहरुले लिएको भिम बस्नेतले बताए । 

विद्यालयमा स्थानीय श्रोतमा कार्यरत शिक्षकलाई तलब व्यवस्थापन गर्न समस्या भईरहेका अवस्थालाई ध्यानमा राखेर गलकोट समाज जापानका दिनेश थापा, ईश्वर बस्नेत, कुलविर थापा, भिम बस्नेत, गोपाल चोखाल, लाल बस्नेत, घन बस्नेतले संयुक्त रुपमा परोपकारी काम गरेर समाजमा उदाहरणीय बनेको कुलविर थापाले बताए । समाज रुपान्तरणका लागि शिक्षा, स्वास्थ्य, खेलकुद र मानवीय सेवाका क्षेत्रमा काम गर्न पाऊदा खुसी लागेको उनको भनाई छ ।

सहयोगदाताले गरेको आर्थिक सहयोग बमोजिम शिक्षकको विज्ञापन गरि सम्झौता बमोजिम शिक्षक नियुक्त गरि अध्यापनमा समेत लगाईएको विद्यालय व्यवस्थापन प्रधानाध्यापक विर बहादुर थारुले जानकारी दिए । गलकोट नगरपालिका मल्मको पुरानो शैक्षिक धरोहरको शैक्षिक विकासका लागि समन्वय तथा संयोजकत्वको भुमिका निर्वाह गरेकोमा अध्यक्ष थापासहितको टिमलाई थारुले धन्यवाद समेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार