राप्ती समाज जापानले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ। नेपाली नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान सहित राप्ती क्षेत्रबाट जापानमा क्रियाशील साहित्यकार तथा कलाकारहरूको विशेष प्रस्तुति रहने गरी साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गर्नलागिएको जनाईएको छ।
कार्यक्रममा साहित्यतर्फ कवि शरद पोख्रेल तथा गजलकार मनोज मौसम केसीको विशेष रचना वाचन हुनेछ भने गायन तथा नृत्यतर्फ पिताम्बर जिसी, बिमल पुनमगर तथा जानकी घर्तीमगरको प्रस्तुति रहनेछ।
टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा अप्रिल २१ तारिख आइतवारका दिन मध्याह्न १२ बजेबाट हुने कार्यक्रमका लागि विभिन्न माध्यमबाट प्रचार प्रसार तथा पत्राचार थालिएको छ। निःशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण जापानबासी नेपालीहरुमा समाजका अध्यक्ष पञ्चवीर चौधरीले अनुरोध समेत गर्नुभएको छ ।
साबिकको राप्ती अञ्चलबाट जापानमा आएर बसिरहेका नेपालीहरूको साझा संस्थाको रूपमा क्रियाशील रहेको राप्ती समाज जापानले बिभिन्न समस्यामा परेका राप्तीबासीहरूलाई बिभिन्न सहयोग अभियान सञ्चालन तथा समय समयमा बिभिन्न कार्यक्रमहरू गर्ने गरेको छ।

(2).gif)
