नेपाली अन्तराष्ट्रिय पत्रकारहरूको संस्था ईन्जाको आयोजनामा जापानको टोकियोमा नेपाली पत्रकारहरू भेला हुने भएका छन।
फ्रेब्रुअरी २८ तारिकबाट सुरूहुने “ईन्जा टोकियो सम्मेलन २०२४” का लागि नेपाल, अमेरिका, कोरिया, मध्यपूर्व एसिया, युरोप तथा विभिन्न मुलुकमा रहेका झण्डै बीस जना नेपाली पत्रकारहरु सहभागि हुनेछन।
कार्यक्रमको पहिलोचरणमा ईन्जा पदाधिकाराहरूको भेला हुने छ भने २९ तारिक अपरान्ह जापानी संचारकर्मीहरूसंग छलफल हुनेछ भने १ तारिक शुक्रबार नेपाली समुदायसंग खुल्ला अन्तरक्रिया कार्यक्रम हुने ईन्जा ग्लोवल अध्यक्ष गुणराज लुईटेलले जानकारी दिनुभयो।
नेपाल सहित विदेशमा छरिएर विभिन्न फरक पेशा व्यवसायमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मालामा गास्ने अभियान अनुरूप यसटक टोकियो भेला आयोजना गरिएको कार्यक्रम संयोजक आनन्द कोइरालाले जानकारी दिनुभयो । ईन्जा स्थापना दिवसको अवसर पारेर टोकियोमा कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ।
(2).gif)
