मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

पत्रकार महासंघ जापान शाखाले १३औं स्थापना दिवसको अवसरमा फोटो तथा भिडियो पत्रकारिता तालिम गर्ने

गण्डकी पोष्ट माघ २२, २०८० सोमबार
  • 270
    SHARES
  • पत्रकार महासंघ जापान शाखाले १३औं स्थापना दिवसको अवसरमा फोटो तथा भिडियो पत्रकारिता तालिम गर्ने

    नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा फोटो तथा भिडियो पत्रकारिता तालिमसहित विभिन्न मनोरन्जनात्मक कार्यक्रमको हुने भएको छ । शाखाले आफ्नो स्थापना दिवसको १३औं बर्षगाँठको अवसर पारेर जापानमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित जापानी तथा नेपाली दक्ष प्रशिक्षकबाट फोटो तथा भिडियो पत्रकारिता तालिम आयोजना गर्ने भएको हो ।

    images

     

    तालिम सहित पत्रकार महासंघ जापानको स्थापना दिवसको अवसरमा महासंघका कार्य समिति, सल्लाहकार र केन्द्रीय पार्षद सहितको बैठक, तालिम र बार्बेक्यु पार्टीको साथमा नाँचगान तथा मनोरन्जनात्मक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।

     

    महासंघले स्थापना दिवसको अवसर पारेर बार्बेक्यु साँस्कतिक मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरेको शाखाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आउदो मार्च महिनाको १० तारिख आईतबारका लागि कार्यक्रम तय गरिएको पनि बताउनुभयो ।  

     

     चिवाको साकुरासी १४४ हातेमालोमा हुन गईरहेको उक्त कार्यक्रममा संक्रिय सहभागीताका लागि नेपाल पत्रकार महासंघ जापानले जापानबासी सबै नेपाली पत्रकारहरुलाई निमन्त्रणासँगै उपस्थितका लागि अपिल गरिएको महासंघका अध्यक्ष शान्त कुमार पहारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार