शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

एनआरएनए जापानले भुकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणमा ६९० जनालाई खाना खुवायो

गण्डकी पोष्ट माघ ११, २०८० बिहीबार
  • 245
    SHARES
  • एनआरएनए जापानले भुकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणमा ६९० जनालाई खाना खुवायो

    जापानको ईशिगावा प्रिफेक्चरमा जनवरी १ तारिख गएको भुकम्पका  कारण प्राकृतिक विपत्तिमा परेका जापानी नागरिकहरूलाई एनआरएनए जापानले पहिलो चरणमा खाना खुवाएकोबाट प्रभावित भै नानाओ शहरले  पुन खाना खुवाइदिन गरेको औपचारिक अनुरोधलाई स्वीकार गरि दोस्रो चरणमा जम्मा ६९० जनालाई खाना खुवाउने कार्य सम्पन्न गरेकोले  छ । 

    images

     मंगलबार नानाओ सिटि मिसोगी कम्युनिटि सेन्टरमा १२० जना, इसिजाकी विद्यालयमा २०० जना , सान्नो विद्यालयमा १५० जना, नोतो हान्तो कम्युनिटि सेन्टरमा १०० जना र बुधबार मिसोगी कम्युनिटि सेन्टरमा  १२० जना गरि जम्मा ६९० जनालाई खाना खुवाइएको एनआरएनए जापानद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ  । 

    पहिलो चरणमा वाजीमा शहरको मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरि ४०० त्यसै गरि अर्को दिनमा  सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरि ३२५ जना गरि कुल ७२५ जनालाई खाना खुवाइएको र ४ वटा अस्थायी शौचालय प्रदान गरिएको थियो प्रवक्ता खगराज गौतमद्वारा जारी बिज्ञप्ती मार्फत जनाईएको छ ।

    भूकम्प प्रभावित जापानी नागरिकलाई नेपालीको तर्फबाट सहयोग गर्ने उद्देश्यले एनआरएनए जापानले विपत्तिको समयमा हाम्रो कर्मभूमिमा रहनुको नाताले आफ्नो स्थानबाट केहि भएपनि भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहयोग गरौं भन्ने ध्येयका साथ एनआरएनए जापानमार्फत सकेको सहयोग गरिएको अध्यक्ष नबिन निउरे बताउनुभयो ।  

     

    विपत्तिका बेला सहयोग गर्नका लागि निर्देश गर्ने एनआरएनए जापानको कार्यसमितिका साथै प्रतिकूल मौषमका वावजुद पनि भैतिक रुपमा अध्यक्ष नविन निउरेको नेतृत्वमा सक्रिय सहभागिता जनाउने हुने यस कार्यक्रमका संयोजक विष्णु प्रसाद सापकोटा, विशेषज्ञ समितिका सदस्य जिज्ञान कुमार थापा र हरि सापकोटा एनआरएनए जापानका सदस्य दिलिप शर्मा, बागलुङ समाजका अध्यक्ष यम कँडेल, पवन थापा, रामु सापकोटा र नन्दु सापकोटाप्रति विषेश धन्यवाद व्यक्त गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार