मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गुल्मेली समाज जापानले राष्ट्रिय कलाकारको उपस्थितिमा जनवरी ५ तारिख शुक्रवार टोकियोमा पाचौं अधिबेसन गर्ने

गण्डकी पोष्ट पौष १७, २०८० मंगलबार
  • 328
    SHARES
  • गुल्मेली समाज जापानले राष्ट्रिय कलाकारको उपस्थितिमा जनवरी ५ तारिख शुक्रवार टोकियोमा पाचौं अधिबेसन गर्ने

    गुल्मेली समाज जापानले पाचौं अधिबेसन गर्ने भएको छ । मातृभुमिको समृद्धिका लागी गुल्मेलीहरु एकजुट वनौ भन्ने मुल नारा सहित स्थापना भएको गुल्मेली समाज जापानले नयाँ वर्षको अवसर पारेर जनवरी ५ तारिख शुक्रवार जापानको टोकियोको सन्नि हल निप्पोरीमा आयोजना गर्न लागिएको समाजका महिला उपाध्यक्ष लक्ष्मी महर्जन के.सीले बताउनुभएको छ। 

    images

     

    गत सालको अधिवेसनमा कोरोना महामारीले गर्दा समग्र गुल्मेली समेटिन सकेनौ  यस वर्ष सम्पूर्ण गुल्मेलीहरुले उत्साजनक उपस्थिति जनाईदिनुहुन समाजका सचिव कृष्णबाबु पोखरेलले अनुरोध गर्नुभएको छ ।  

     

    राष्ट्रिय ख्याति प्राप्त कलाकार खुमन अधिकारी, शान्ता रानी परीयार, पुरुषोत्तम भण्डारी (पुर्खे बा) को उपस्थितिमा भव्य रूपमा सम्पन्न गर्न गईरहेको उक्त कार्यक्रममा जापानबासी नेपालीहरुलाई पनी उपस्थितिको लागि आमन्त्रण गरिएको र भव्यरुपमा अधिवेसन सम्पन्न गर्न लागिएको जनाएको छ । अधिवेशन सम्बन्धी सम्पूर्ण तयारी पुराभईसकेको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।

    समग्र जन्म भुमी संगै कर्म भुमीले जापानमा रहनु भएका गुल्मेलीलाई जोड्ने माध्यम समाज रहेको हुदा जापान स्थित संघ-संस्था, संगठन, ब्यावसायी, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार एवम श्रमजीवी नेपालीहरु सम्पूर्ण आमा-बुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागी हार्दिक निमन्त्रण दिदै नव वर्ष २०२४ को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा , दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख , शान्ति , समृद्धि , सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्याक्त गर्दै महाधिवेशन समारोहमा मैत्रीपुर्ण सद्भावका लागी सादर अनुरोध गरिएको समाजका अध्यक्ष महेद्र कुमार अधिकारीले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार