निलुवा समाज जापानको अतिथि सम्मान तथा दीपावलिको पावन अवसरमा शुभकामन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ संस्था सन् २०१५ मा स्थापना भएको थियो ।
कार्यक्रममा प्रमूख अतिथी जापान भ्रमणमा रहनुभएका निलुवा समाज जापानका सदस्य इश्वर सुवेदीका पिता समाजसेवि तथा चमुवा आधारभूत विद्यालयका निवर्तमान शिक्षक हरिलाल सुवेदी र विशिष्ट अतिथी आमा सुनिता सुवेदीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
यसैगरी समाजका संस्थापक अध्यक्ष तथा सरंक्षक भोजिन्द्र सुवेदी,संस्थापक महासचिव भबिश्वर सुवेदी र निवर्तमान वरिष्ट उपाध्यक्ष चेतराम सुवेदीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम मा प्रमूख अतिथी हरीलाल सुवेदि र सुनिता सुवेदी लाई संस्थाका संस्थापक अध्यक्ष ,सरंक्षक भोजिन्द्र सुवेदी र वरिष्ट उपाध्यक्ष रामु खत्रीले खादा तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा सरंक्षक भोजिन्द्र सुवेदीले स्थापनकाल देखि आज सम्म गरको कार्य लाई उल्लेख गर्दै भोलीका दिनमा पनि संस्थालाई निरन्तर सक्रिय रुपमा अगाडि बढाउनु पर्ने भन्दै जापान भ्रमणमा रहनुभएका हरीलाल सुवेदि र सुनिता सुवेदीलाई स्वागत तथा आउदै गरेको दीपावलीको सुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथी हरिलाल सुवेदीले निलुवा समाज जापान ले स्थापन काल देखि निरन्तर रुपमा जन्मभूमि र देशप्रतिको मायाममता, एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट गाँउमा समाज मा गरेको उल्लेखनीय योगदान र विभिन्न क्षेत्रमा गरेको सहयोग लाई स्मरण गर्दै संस्था लाई आभार व्यक्त गर्दै ब्यस्त समयको बावजूद पनि संस्था ले गरेको सम्मान प्रति कृतज्ञता ज्ञापन गर्दै सम्पूर्ण लाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्नुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष रामु खत्रीको सभापतित्वमा भएको सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रम संस्थाका महासचिव भूमिराज सुवेदी ‘ठिटो’ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रवक्ता दीपक सुवेदी विप्लब ले राख्नुभएको थियो ।
(2).gif)
