शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर आज फेरी ५.८ म्याग्निच्युडको भूकम्प

गण्डकी पोष्ट कार्तिक २०, २०८० सोमबार
  • 325
    SHARES
  • जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर आज फेरी ५.८ म्याग्निच्युडको भूकम्प

    जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । यस भूकम्पले के-कति क्षति गर्‍यो, विवरण आउन बाँकी छ । लगत्तै ४ बजेर ४० मिनेटमा जाजरकोटकै पेँक आसपास केन्द्रबिन्दु भएर फेरि ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

    यसअघि गत शुक्रबार सोही स्थान केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो भने दुई सय जनाभन्दा धेरै घाइते भएका थिए । सो भूकम्पले करोडौंको भौतिक क्षति गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार