शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

गण्डकी पोष्ट कार्तिक १८, २०८० शनिबार
  • 298
    SHARES
  • भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

    जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

    images

    सशस्त्र प्रहरी केन्द्रीय सूचना शाखाले उपलब्ध गराएको पछिल्लो मानवीय क्षति विवरणअनुसार जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ भने १०५जना घाइते भएका छन्। यस्तै पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ भने  ८५ जना घाइते भएका छन्।

    भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र रोल्पामा १ जना घाइते भएका छन्। 

    घाइतेहरूको उद्धार कार्य अहिले पनि जारी छ । उद्धार गरिएका घाइतेहरूको भेरी अस्पताल र सुर्खेतलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार