बिहीबार , कार्तिक २० गते २०८३ Thursday, 05 Nov, 2026
Follow Us on

एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट शिवप्रसाद पौडेलको १० बुँदे प्रतिबद्धता सहित उम्मेदवारी

गण्डकी पोष्ट आश्विन ७, २०८० आइतबार
  • 804
    SHARES
  • एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट शिवप्रसाद पौडेलको १० बुँदे प्रतिबद्धता सहित उम्मेदवारी

    एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट शिवप्रसाद पौडेलले उम्मेदवारी दिनुहुने भएको छ ।  आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवशेनमा एसिया क्षेत्रको नेतृत्वमा उम्मेदवारी दिने तयारीमा रहनुभएका पौडेलले चुनावी गतिविधिलाई तीव्र पार्नुभएको छ ।  एनआरएनए जापानका निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले एनसीसी जापानको सफलतापूर्वक नेतृत्व गरेपछि एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जाने चाहना राख्नुभएको हो । 

    images

    एनआरएनएभित्र शालिन र कर्मशील अभियान्ताको छवि बनाउनुभएका  शिवप्रसादको चाहानालाई एसियावासी नेपालीले स्वभाविक ठानेका छन्। 'एसियाली मुलकमा धेरै नेपाली रोजगारीमा हुनुहुन्छ । जापान, कोरियालगायतका मुलुकमा विद्यार्थीको संख्या पनि बढ्दो छ,' उँहाले भन्नुभयो, 'एसियाली मुलुकमा रहेका नेपालीका मुद्दामा नजिक भएर काम गर्ने इच्छा छ। त्यसैले 'आरसी' (क्षेत्रीय संयोजक) रोजेको हुँ।' एसिया प्यासिफिक क्षेत्रमा कार्यरत नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति महत्वपूर्ण हुने पनि बताउनुहुन्छ ।  यी अनुभवलाई गैरआवासीय नेपाली संघमार्फत राष्ट्रहितमा लगाउन आफूले उम्मेदवारी दिन लागेको उँहाको भनाइ छ ।

    एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सँगै काम गर्ने योजना सहितको १० बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्नुभएको छ । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गर्नुभएको छ ।  

    पौडेलले सार्वजनिक  गर्नुभएका प्रतिबद्धताहरु यसप्रकार  रहेका छन्                                                                                 १) वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने।                       

    २) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने

    ३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने 

    ४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन  गर्ने।                                                                   

    ५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने 

    ६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।                                                                                      ७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।                     

    ८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने

    ९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने।                                                                                         १०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने।                   
    IMG_4651.jpeg                                                          

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार