मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

११ बुँदे योजनासहित जापानबाट एनआरएनए आइसीसी उपाध्यक्षमा रोबिन्द प्रसाद श्रेष्ठ’गोविन्द’को उम्मेदवारी

गण्डकी पोष्ट आश्विन ७, २०८० आइतबार
  • 492
    SHARES
  • ११ बुँदे योजनासहित जापानबाट एनआरएनए आइसीसी उपाध्यक्षमा रोबिन्द प्रसाद श्रेष्ठ’गोविन्द’को उम्मेदवारी

    नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ ले उम्मेदवारी दिएका छन । 
    वर्तमान आइसीसीमा समेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताएका हुन । 
    प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी भएको श्रेष्ठले बताए । 
    ‘वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसंग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास गरि बिचौलिया प्रवृतिको अन्त्यमा आवश्यक पहल गर्नेछु ।’ आफ्ना एजेण्डा सार्वजनिक गर्दै भने -वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसंग समन्वय गरि ठोस निष्कर्ष निकाल्न मेरो प्रयत्न हुनेछ । 
    वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न आफूले जोड दिने र सोहि खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने उनको भनाई छ ।
    नेपालबाट वैदेशिक रोज़गारीसंगै प्रवासमा दोस्रो पुस्ताको जनसंख्या पनि ह्वात्तै बढेकोले यो पुस्तालाई नेपालसंग जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न आफू लागि पर्ने उनले बताए । 
    सन् २००३ मा एनआरएनए स्थापना भएको  २ वर्ष पश्चात अर्थात् सन् २००५ देखि हालसम्म निरन्तर अहोरात्र रूपमा एनआरएनएको अभियानमा लागेका उपाध्यक्षका उम्मेदवार श्रेष्ठ एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफ़िक उप संयोजक, एशिया प्यासिफ़िक  संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा ज़िम्मेवारी र भूमिका निर्वाह गरिसकेका छन ।

    images

    IMG_4648.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार