मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षका दरिला उम्मेदवार ददीवल खड्का

गण्डकी पोष्ट आश्विन ७, २०८० आइतबार
  • 505
    SHARES
  • एनआरएनए आईसीसीको सह-कोषाध्यक्षका दरिला उम्मेदवार ददीवल खड्का

    गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह-कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददीवल खड्काले उम्मेद्वारी दिने घोषणा संगै जीतको बलियो सम्भावना रहेको बताईएको छ ।
    वर्तमान एसिया प्यासिफिक उप-संयोजक खड्काले आगामी कार्यकाल (२०२३-०२५)को लागि आइसीसीको सह कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएसंगै ब्यापक सहयोग जुटेको छ।
    जापानमा सफल ब्यवसायीको रूपमा परिचित सहयोगी मनका खड्काले निस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेद्वारी दिने घोषणा गर्नु भएको जानकारी दिनुभयो।

    images

    जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगाएत व्यवसायी गरिरहनु भएका खड्काले एनआरएनए आइसीसी सह-कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने र एशिया, यूरोप, अमेरिका, मेड़ल एस्ट लगाएत मुलुकका एनआरएनए अभियन्ताहरुलाई सहयोग गर्न अपील गर्नु भयो।
    एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगाएत जापानको विभिन्न संघ-संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ-संस्थाका कार्यक्रमहरु र मातृभूमिमा गरीबको लागि घर निर्माण देखी विद्यालयमा सकेको सहयोग गर्दै आउनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # dadiwal khadka
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार