दोलखा जिल्लाबाट अध्ययनको लागि जापानको फुकुओका शहरमा आएकी एक नेपाली युवतिले आफ्नै कोठामा मृत्युवरण गरेकी छन्।
सोमबार साँझ नेपालमा रहेका परिवारसँग फेसबुक म्यासेन्जरबाट भिडियो कल गरिरहेकी ति युवतीले पारिवारीक असमझदारीका कारण आफ्नै कोठामा भिडियो कलमै रहेको अवस्थामा मृत्युवरण गरेको बुझिएको छ । आत्महत्या प्रयासपछि नेपालस्थित परिवारको अपिलमा जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुको प्रयासमा उद्धार गरी अस्पताल लगिएपनि बचाँउन नसकिएको एनआरएनए क्युशुका संयोजक भीम गुरुङ्ग ज्युले जानकारी दिनुभयो ।
अर्धचेत अवस्थामा अस्पतालमा पुर्याईएको भएपनी अस्पताल स्रोतले भने मंगलवार बिहान मात्र मृत्यु भएको आधिकारीक जानकारी दिएको थियो ।
प्राप्त जानकारी अनुसार आँफैले मृत्युवरण रोजेकी दोलखाकी २० बर्षिय युवती रबीना बुढाथोकी रहेको बुझिएको छ ।
पछिल्लो केही दिन अघिमात्र एउटै कलेजमा अध्ययनरत साथीलाई केही समयको लागि नेपाल जानुपर्ने भएकोले नेपाल जाने टिकट बुझ्न समेत भनेको जानकारीमा आएको छ । तर के कारणले छोटो समयको लागि मात्र नेपाल जान लागेको भन्ने पनि खुलेको छैन । परिवारसँगको भिडियोकलमा नै आत्महत्या प्रयास गरिएकोले परिवार र निज बिच बिगतका दिन देखि नै केही बिषयमा असमझादी रहेको र उक्त असमझदारी बढ्दै जादा आत्महत्याको प्रयास गरिएको आकलन लगाउन सकिन्छ । निजले आत्महत्या अघि आफु बस्ने कोठामा वा कुनै पनि साथीसर्कल लाई समेत जानकारी नदिएको र सुसाईट नोट पनि नभेटिएको प्रहरीले जानकारी गराएको छ ।
आत्महत्याको प्रयास पश्चात उद्धारको लागि फुकुओकामा रहेको बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, भाषा कलेका जापनिज तथा नेपाली शिक्षक र अन्य ब्यक्तिहरुको उपस्थितिमा उद्धार गरिएको भएपनी सकुसल नरहेको एनआरएनए क्युशु क्षेत्रिय कार्यसमितिका संयोजक भीम बहादुर गुरुङ्गले जानकारी गराउनुभयो ।
(2).gif)
