शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

बुटवलकी ४३ बर्षिया मिना डमरपालको उपचारको क्रममा जापानमा मृत्यु, शव नेपाल पठाउनको लागि आर्थिक संकलन गरिदै,सहयोगकालागी आग्रह

गण्डकी पोष्ट भाद्र १, २०८० शुक्रबार
  • 5.4K
    SHARES
  • बुटवलकी ४३ बर्षिया मिना डमरपालको उपचारको क्रममा जापानमा मृत्यु, शव नेपाल पठाउनको लागि आर्थिक संकलन गरिदै,सहयोगकालागी आग्रह

    बुटवलकी ४३ बर्षिया मिना डमरपालको उपचारको क्रममा जापानमा मृत्यु भएको छ । 

    images

    नेपालको रुपन्देही बुटवल घर भै हाल टोकियोको इताबाशी बस्ने मिना गत अगष्ट १ तारिख  देखी भाईरल ज्वोरोको कारण तोशिमा हस्पिटलमा उपचारको लागि भर्ना भएको तथा २ हप्ता सम्म क्रमिक सुधार देखिए पनि १५ अगष्टमा अकस्मात अचेत भै निहोन युनिभर्सिटी इताबाशी हस्पिटल रिफर गरी उपचारको क्रममा सोही दिन निधन भएको नेपाल मगर संघ जापानले बिज्ञप्ती जारी गरी जनाएको छ ।  

    नेपाल मगर संघ जापानका पूर्व उपाध्यक्ष गोबिन्द डमरपालको श्रीमती मिना डमरपालको मृत्‍यु प्रती मगर संघले श्रद्धान्जली अर्पण गर्दै  शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ। 

    मृतकको शवलाई नेपाल पठाउने तयारी भएको हुँदा आवश्यक आर्थिक सहयोग जुटाउने कार्यको प्रारम्भ  गरिएकोले जापानस्थित सम्पूर्ण नेपाली संघ संस्था तथा जापानस्थित नेपाली समुदायमा आर्थिक सहयोगको लागि मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले अनुरोध गर्नुभएको छ ।   आर्थिक सहयोगको लागि जेपी बैंकको थापा ओम बहादुर(タパ オム バハドル 10060-25942481) नामको खातामा जम्मा गर्नको लागि आग्रह गरिएको छ ।

    IMG_3254.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार