मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जन्मभूमिको सेवा गरे बापत कर्मभूमि जापानमा डा. राम गिरी सम्मानित 

गण्डकी पोष्ट श्रावण १८, २०८० बिहीबार
  • 1.0K
    SHARES
  • जन्मभूमिको सेवा गरे बापत कर्मभूमि जापानमा डा. राम गिरी सम्मानित 

    टोकियो । जापानको राजधानी टोकियोमा कर्मभूमि बनाउदै आउनु भएका डाक्टर राम गिरीलाई जापानी संस्था कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदानले सम्मान गरेको छ ।

    images

    टोकियोमा गत सोमवार आयोजित एक समारोहमा डाक्टर गिरीलाई समाजसेवा गरे बापत  जापानको क्याबिनेटबाट अनुमति प्राप्त गैरनाफामुलक संस्था (公益財団法人社会貢献支援財団) कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदानले सम्मान गरेको हो ।
    लामो समय जापानमा टेक्नोलोजी र विकास सम्बन्धी अध्ययन गर्नु भई नेपाली लगाएत जापानी समाजमा समाज सेवाको माध्यमबाट पुराएको सहयोगको उच्च सम्मान गरि उक्त संस्थाले सम्मान गरेको थियो । 
    डाक्टर गिरी जापानमा गैरआवासीय नेपाली संघ लगाएत संघ-संस्थामा सल्लाह, सुझाव र योजना बनाउने विषयमा सहयोग र कोरोनाको महामारीको समयमा जापानी संघ-संस्था र सरकारी निकायमार्फत जापानी-नेपाली लगाएत विदेशीहरुलाई कोरोना विरूद्धको खोप लगाएत सहकार्य गर्नु भएको थियो ।

    सन १९९७ मा नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेर ‘होक्काईदो मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठान’ कास्की जील्लाका २३ भन्दा बढी विद्यालयमा छात्रवृत्ति २३०० भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति, पुस्तकालय स्थापना, साईन्स ल्याब स्थापना, कम्प्यूटर शिक्षा लगायत् विद्यालयको आवश्यकता अनुसार २६ वर्ष लगातार जन्मभूमिको सेवा गरे बापत सम्मान पत्रद्वारा उक्त जापानी संस्थाले सम्मान गरेको डाक्टर गिरीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार