मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे तथा महासचिवमा टिकाराम खरेल निर्वाचित

गण्डकी पोष्ट श्रावण १४, २०८० आइतबार
  • 1.3K
    SHARES
  • एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे तथा महासचिवमा टिकाराम खरेल निर्वाचित

    एनआरएनए जापानको एघारौ महाधिबेशनबाट अध्यक्षमा भारी मतका साथ नबिन निउरे निर्वाचित हुनुभएको छ । निउरेले २ हजार ९ सय ५५ मत सहित बिजयी हासिल गर्नुभएको हो ।  

    images

    उपाध्यक्षमा भने  सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी बिजयी हुनुभयो । 

     

    कार्यसमितिको महासचिवमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा(बगाले)निर्वाचित हुँदा महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध निर्वाचित हुनुभएको थियो । 

     

    कोषाध्यक्षमा दिपक सुनार,सहकोषाध्यक्षमा राम बहादुर थापा निर्वाचित हुनुभएको छ ।  महिला सह कोषाध्यक्षमा अन्जु भण्डारी यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो । 

    यसैगरि,महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजकमा मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुनुभएको थियो । 

    सदस्यहरुमा क्रमश  दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे,ध्रुब गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा निर्वाचित हुनुभयो । 

    निर्वाचन समितिले सार्वजनिक गरेको पुर्ण नतीजा यस्तो छ।

    IMG_3138.jpeg

    IMG_3139.jpeg

    IMG_3140.jpeg

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार