एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि बर्तमान कार्यसमितीका सदस्य तथा बाग्लुङ समाज जापानका महासचिब सचिन शर्मा (आचार्य) ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संचारकर्ममा संलग्न रहनुभएका सचिन झन्डै १० वर्ष अघी अध्ययनका लागि जापान आइ, हाल जापानमा इन्जीनियरको रूपमा कार्यरत हुनुहुन्छ ।
वर्तमान कार्यसमितिमा सदस्यकारुपमा रहेका,सचीन,आफ्नो आगामी कार्यकालमा अध्यक्षले ल्याएका योजनाहरुलाई लागु गराउने र एनआरएन भित्रनै सिस्टममा काम को सुरुवात गर्ने बताउनुभयो । “पछील्लो समय एनआरएनका काम राम्रो छन् तर सिस्टममा हामी अली चुकिरहे जस्तो लाग्छ,अब अली नयाँ ढंग बाट एनआरएन लाई अगाड़ी बढ़ाउनु पर्छ ,परम्परागत ढंगमा रमाउनु हुदैन “सचिनले बताउनुभयो ।
सचिन शर्मा भन्नुहुन्छ “एनआरएनका अधिकांश औपचारिक/अनौपचारिक कार्यक्रमहरु पट्यार लाग्ने र लामो हुने भएकाले अन्त्य सम्म कमै मान्छे रहने गर्छन , अब अली प्रोडक्टिभ काम र समयको पावन्दी भित्र रही काम गर्ने सिस्टमको अवश्यकता छ ।”
एनआरएनए जापानको यहि जुलाई २९ तारिख,११ औँ अधिवेशन तथा ३० तारिख निर्वाचन तय भएको हुँदा आफुलाई भोट गरिदिनुहुन सम्पूर्ण मतदाताहरुलाई सचिनले आग्रह गर्नुभएको छ ।
(2).gif)
