मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानको यामागुचीमा नदीमा पौडी खेल्दै गर्दा मृत्यु भएका बाग्लुङ बिहुँका कृष्ण कंडेल र गुल्मीका प्रितम खरेल रहेको पुष्टि

गण्डकी पोष्ट श्रावण ३, २०८० बुधबार
  • 5.1K
    SHARES
  • जापानको यामागुचीमा नदीमा पौडी खेल्दै गर्दा मृत्यु भएका बाग्लुङ बिहुँका कृष्ण कंडेल र गुल्मीका प्रितम खरेल रहेको पुष्टि

    जापानको यामागुची प्रिफेक्चरको इवाकुनी सहरको इमाजु नदीमा पौडी खेल्दै गर्दा मृत्यु भएका दुई नेपाली युवाको परिचान खुलेको छ ।  ८ वर्ष अघि दक्ष कामदार (कुक)भिषामा जापान आएका बागलुङको काठेखोला वडा नम्बर ५ सिरपालि(हाल चितवन)का २६ वर्षीय कृष्ण कंडेल र डिपेन्डेण्ट भिषामा रहेका गुल्मीको ददल्का घर भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको पुष्टि  भएको छ । 

    images

     

    कंडेलको श्रीमति हाल जापानमा नै रहेकी छन । नेपालमा बुवाआमा र २ दाजुभाइ रहेको बताइएको छ ।

    मृतक खरेललाई २ वटा रेष्टुरेण्टको ज़िम्मेवारी दिएर केहि समयको लागि बाबुआमा नै केहि दिन अघिमात्र नेपालमा गएको बताइएको छ ।

    अन्य दुईजना साथीहरूसहित खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो ।

    मंगलवार दिउँसो चार जना नेपाली नदिमा पौदिखेल्न पुगेको र करिब ४ः२० बजे एक नेपालीले आफूसँग भएको साथीलाई नदेखेपछी दमकल विभागलाई खबर गरेको समाचारमा जनाईएको छ ।   अग्नी नियन्त्रकहरूले उद्धारको क्रममा एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजे करिब २ देखि २.५ मिटर गहिराइमा भेटेका थिए । 

     

    दुबैजनालाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र दुबैको मृत्यु भएको पुष्टि अस्पतालले गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।भने मृतकहरुको शबलाई अस्पतालमा राखिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार