गैरआवसीय नेपाली संघ एनआरएनए जापानको उपाध्यक्ष मा सुभास लामीछाने उम्मेदवारी घोषणा गर्नुभएको छ।
युवाहरुका ढुकढुकी लामीछाने जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा लागेर सक्रिय भूमिका निर्वाह गरिरहनुभएका लामिछानेले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
विद्यार्थीको रुपमा जापान प्रबेश गरी बिभिन्न उतारचडाब र संघर्ष पश्चात रेस्टुरेन्ट व्यवसायबाट सफलता हात पारी सामाजिक कार्यमा सक्रिय लामिछाने एनआरएनए जापानको प्रबक्ताको रुपमा थप निखारीदै जापान रहेका कृयाशील विभिन्न सङ्घ संस्थाहरुसँग समन्वय सबैलाई समेटेर लग्ने प्रतिवद्धता गर्दै संस्थागत सुधार ल्याउने दाबीसहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
संस्थागत रुपमा उपाध्यक्षको रुपमा आउने हरेक जिम्मेवारीलाई सम्हाल्दै संस्था र जापानवासी नेपालीको हितका लागि दत्तचित्त भएर अग्रस्थानमा उभिएर काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
जापानमा युवा पिढीमा सफल व्यावसायीको छवि बनाएका लामिछाने पर्वत समाज जापानको अध्यक्ष समेत हुनुहुन्छ । शिक्षा,स्वाथ्य, मानवीय सेवामा सहयोग गरिरहनुभएका उहाँले नेपालबाट मनोरन्जनात्मक इभेण्ट जापानमा संचालन गरि नेपालका विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दै आईरहनु भएको छ ।
जापानका नेपाली समुदायमा परेका समस्या नजिक बाट निहालेर समाधानमा निरन्तर रूपमा लागिपर्ने लामीछानेले एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी को रुपम प्रस्तुत भएको र सहयोगको लागि जापानबासी नेपालीहरूमा अपिल पनि गर्नुभएको छ ।
(2).gif)
