टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा बर्तमान बरिष्ठ उपाध्यक्ष नविन निउरेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आईतवार एक समारोहका बिच पत्रकार तथा शुभेच्छुकको बिचमा निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘इमानदारिता, पारदर्शितासहितको रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान’ भन्ने नारासहित एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यसपटक एनआरएनए जापानको अध्यक्षमा आफूले उम्मेदवारी दिन लागेको निउरेले जानकारी दिनुभयो । निउरेले कोरोना भाइरसको विश्वव्यापी प्रकोप, आकस्मिक घटना दुर्घटना एवं बाढीपहिरोको चपेटामा परेको नेपाल र नेपालीका लागि सहयोग गर्न अग्रभागमा रहेर काम गर्दै आउनुभएको छ ।
समाजिक सेवा, माववीय सेवाका साथै एनआरएनए जापानको संस्थागत विकासका लागि सुरुवातदेखि नै महत्वपूर्ण योगदान गरेकाले यसपटक पनि आफूलाई जापानबासी गैरआवासीय नेपालीको साथ मिल्ने विश्वास उनले व्यक्त गर्नुभयो ।
निउरेले यसअघि पनि सन् २०११–२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३–२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५–२०१७ मा कान्तोकै सचिव, २०१७–२०१९ एनआरएनए कान्तोको संयोजक, २०१९–२०२१ एनआरएनए जापानको युवा उपाध्यक्ष, २०२१-२०२३ वरिष्ठ उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको थियो ।
(2).gif)
