अनेसास जापान र एनआरएनए जापानले यही जुलाई ९ तारिखमा एक विशेष कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। पछिल्लो समयमा जापानमा रहने नेपाली समुदायमा नकारात्मकता, निराशा र थुप्रै आत्महत्या लगायतका दूर्घटनाहरू निम्तिरहेकाले यिनै कुराहरूलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न थालिएको छ । कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ आफ्ना कविताका साथमा उपस्थित हुनुहुनेछ ।
कविताको लय र जीवनका रङ्गहरू नाम दिइएको उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ। ‘’ साहित्यिक रसास्वादन तथा जीवनबोध र प्रेमका कथाहरूले पक्कै पनि तपाईँ हाम्रो जीवनमा केही रङ्ग थप्नेछ’’ आयोजकमध्ये एक अनेसास जापानका अध्यक्ष रविन शर्माले भन्नुभयो ।कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न चरणमा तयारीहरू भैरहेको र कार्यक्रममा सबैको सहयोग र उपस्थितिका लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जापानवासी नेपालीहरूमा अनुरोध गर्नुभएको छ । कार्यक्रम आउँदो जुलाई महिनाको ९ तारिखका दिन टोकियोको शिनओकुबो स्थित जापान ग्लास इन्डष्ट्रीको सभाहलमा सम्पन्न हुँदैछ ।

(2).gif)
