शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

बागलुङको बिहुँकोटमा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

गण्डकी पोष्ट आषाढ ६, २०८० बुधबार
  • 954
    SHARES
  • बागलुङको बिहुँकोटमा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

    बागलुङको काठेखोला गाउँपालिका -५ ठूलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गलकोटबाट बागलुङ बजार आउँदै गरेको ग१च ९४८५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा पर्वत जिल्ला कुश्मा नगरपालिका -१ का २८ वर्षीय राजेन्द्र माझी र सहचालक बागलुङ जैमिनी नगरपालिका राङखानीका दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।  एसपी योगेशकुमार खड्काले जानकारी दिए ।

    images

    दुर्घटना भएको गाडी बागलुङ नगरपालिका-२ सम्झना स्टोरको भएको पाइएको छ । ‘बागलुङदेखि गलकोटसम्म पुगेर सामान बचेर फर्किँदै गर्दा पिकअप दुर्घटना भएको , जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काले जानकारी दिनुभयो । अहिले एक जनाको शव गाडीले च्यापिएको अवस्थामा भएकाले निकाल्ने प्रयास भइरहेको बताईएको छ ।  

    उनीहरू २ दिनअघि बागलुङ बजारबाट सामान बेच्नका लागि गलकोटतिर निस्किएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार