मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाल भलिबल संघ जापानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत सर्वसम्मत

गण्डकी पोष्ट मंसिर ७, २०७९ बुधबार
  • 128
    SHARES
  • नेपाल भलिबल संघ जापानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत  सर्वसम्मत

    जापान । नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले अध्यक्षमा बुद्ध बस्नेतलाई निर्विरोध निर्वाचित गरेको छ ।

    images

    जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्विरोध निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले  जानकारी दिएका छन् ।

    त्यसै गरी तिन उपाध्यक्ष पदमा प्रथम भिक्टर ठाडा मगर , उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सहसचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सहकोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।

    नेपाल भलिबल सघ जापान शाखाको दोश्रो अधिबेशनको घोषणासभामा प्रमुख अतिथिमा एनआरएनए जापानका उपाध्यक्ष राम थापा’अनिल’ रहनु भएको थियो भने विशिष्ट अतिथिमा गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा, अतिथिहरुमा पूर्व राष्ट्रिय खेलाडी श्री गुरुङ, एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मी, गायक रामकृष्ण बम मल्ल लगाएतको उपस्थिति थियो । अध्यक्ष पदमा निर्बाचित भएकोमा निर्वाचन समितीका संयोजक एवम गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले कार्यकाल सफलताको लागि नव निर्वाचित अध्यक्ष बस्नेत सहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिएका छन् ।

    सम्पन्न अधिवेशनसंगै आफ्नो कार्यकाल सफल गराउन भूमिका खेल्ने निबर्तमान अध्यक्ष रत्नसिङ बस्नेत र कार्यसमितिलाई समेत जापान शाखाका पूर्व अध्यक्ष रहेका गुरुङले धन्यवाद दिएका छन् ।

    उक्त निर्बाचन समितिको संयोजकमा नबिन गुरुङ तथा सदस्यमा लक्ष्मण कार्की र महेन्द्र साहनी रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार