जापानको टोकियोमा एक नेपाली युवाको मृत्यु भएको छ। नेपाल नुवाकोट जिल्ला घर भई हाल टोकियोको सुमिदा वडाको र्योगोकुमा बस्दै आएका १८ बर्षिय प्रबिण नेपालको मृत्यु भएको हो ।
विद्यार्थीको रुपमा तीन महिना पहिले मात्र जापान आएका नेपालको आफ्नै कोठामा शव भेटिएको जनाईएको छ।
आफ्नै कोठामा मृत फेलापरेका उनको आत्महत्याको कारण भने खुलेको छैन । केही दिन देखी जापानिज भाषा विद्यालय नगएको र विद्यालयले पुलिसलाई खबर गर्दा आफ्नै कोठामा मृत फेला परेको र प्रहरिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको पनि बताईएको छ।
(2).gif)
