निलूवा समाज जापानको अतीथी सम्मान कार्यक्रम तथा भौतिक बैठक सम्पन्न भयको छ ।
बागलुङ जिल्ला गलकोटको सुन्दर निलुवा हाम्रो शान पर्यटकीय पुर्वाधार विकासमा हामि सबैको अभियान’ भन्ने मान्यताका साथ निलूवा समाज जापानको अतीथी सम्मान कार्यक्रम तथा भौतिक बैठक सम्पन्न भयको छ ।सन् २०१५ मा स्थापना भयको मानविय सेवा गर्ने निलुवा समाज जापानले मिती २०२२-१०-३१गते कार्यवाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष रामु खत्रि को सभापतित्व मा भयको सम्मान तथा भौतिक बैठकमा का कार्यक्रम संचालक संस्थाका महासचिव भूमिराज सूबेदी ठिटो ले कार्यक्रम सचांलन गर्नु भयको छ।
कार्यक्रम मा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जी आर शर्मा दिनुभयो भने
मन्तव्य संस्थाका समरक्षक थम क्षेत्री दिनुभयको थियो सस्थां को बिकास का लागी कुनै कसुर बाकि नराखि सबै एकभयर लाग्ने बताउनु भयो ।
नेपाल देखी जापान को भ्रमण को शीलसिला मा रहनू भयका मित्रलाल सूबेदी र मन कुमारि सूबेदी लाई सम्मान गरेको र सस्था ले गरेको सम्मान लाई मित्रलाल सूबेदी र मन कुमारि ले सस्था लाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यवाहक अध्यक्ष रामु खत्रि ले जानाकारि दिनुभयो ।
सह-कोषाध्यक्ष भूमिराज शर्मा लाई कोषाध्यक्ष को कार्यभार हस्तांतरण गरि संस्थाको आर्थीक प्रतिबेदन पेश गर्नु भयको थियो ।
निलुवा समाज जापान ले बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडा न:४ निलूवामा संस्थाले नील बराहा मन्दिर निर्माण को लागी शिलान्यास गर्ने निर्णय पारीत गरि अब सबै जना लागेर समयमा नै सम्पन्न गर्ने निर्णय गरेको महासचिव भूमिराज सूबेदी ठिटो ले जानाकारि दिनुभयो ।
भने उता साबिक बाग्लुङ जिल्ला गल्कोट नगरपालीका ४ चमुवा र हाल चितवन जिल्ला राप्ति नगरपालीका वडा न: १ पिप्ले निवासी गङाराम सुबेदि र राजु सुबेदी का ममतामयि माता लिलादेवी सुबेदी को यहि मीती २०७९साल कात्तिक ०७ गते का दिन ८०बर्षको उमेर मा भएको असामयिक निधन पश्चात भएको श्रद्धान्जली सभामा समाज का अध्यक्ष मोहन सुबेदी र प्रवक्ता दिपक सुबेदी बिप्लव को सहभागीकामा सम्पन भयको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पुरा गरेको दायित्वले आउने पुस्तालाई प्रेरणा, हौसला र समाजमा उपलब्धिमूलक कार्यहरूलाई व्यवस्थित रूपमा योजनाबद्द ढंगले काम गर्नको लागि आग्रह गरेका थिए
। सस्थां को सम्मान तथा भौतिक बैठक मा बाक्लो उपस्थिति रहेको उपाध्यक्ष जि आर सर्मा ले जानाकारि दिनुभयो ।



(2).gif)
