१९ औ गैरआवासीय नेपाली संघको स्थापना दिवसको शुभ-अवसरमा अनाथ बालबालिको पठनपाठनमा सहयोगार्थ NRNA जापानको आयोजना र उपाध्यक्ष संगिता अधिकारी सुवेदीको संयोजनमा सब्य र भब्य तरिकाबाट सम्पन्न गरेको छ।
अक्टूबर ११ तारिकमा पर्ने NRNA दिवसलाई NRNA जापानले गत बर्षबाट बिधिवत तरिकाबाट मनाउनुका साथै १२ जना अनाथ बालबालिकालाई एक बर्षको लागि पठनपाठन र खान,बस्न ब्यबस्था गरेको थियो।
यसैगरी यसबर्ष हिजो अक्टूबर ११ तारिकमा पनि केक काटेर यस्तै अनाथ बालबालिकालाई नै सहयोग गर्ने उद्देश्य राखेर एनआरएनए केन्द्र र क्षेत्रले आआफ्नो ठाऊमा कार्यक्रम सम्पन्न गरेका छन।
उक्त कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी बिषेस अतिथिहरू उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि उपमहासचिव ओम गुरूङ, सदस्य रबिन शेरचन, आईएचएनओ प्रेसिडेन्ट कोमियामा योसिहारू, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समिति कोषाध्यक्ष बाबुराम सापकोटा, जनजाति महासंघ अध्यक्ष सन्जिव राई, एनआरएनए जापानका निवर्तमान अध्यक्ष देबीलाल भण्डारी सल्लाहकार बाबुराम भण्डारी र कानागावा अध्यक्ष एन एनआरएनए सल्लाहकार राजेन्द्र श्रेष्ठ ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। भने जापान स्थित नेपाली संघ संस्था प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो। सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तब्य उपाध्यक्ष एवं कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदी को रहेको थियो भने धन्यबाद मन्तब्य उपाध्यक्ष राजकुमार अधिकारी ले ब्यक्त गरेका थिए।
उक्त कार्यक्रममा हालै नेपालमा सुरू हुन गैईरहेको नबौ राष्ट्रिय गेममा भलिवल तर्फ एनआरएनए टिमबाट सहभागिता जनाउन अन्तर्राष्ट्रीय खेलाडी मदन साउदलाई राजदुत डा. दुर्गा बहादुर सुवेदी, आईसिसि उपमहासचिव ओम गुरूङ र एनआरएनए जापानले खादा ओढाएर सम्मान एवं बिदाई गरिएको थियो। कार्यक्रमलाई थप मनोरन्जन दिनको लागि कलाकार तृष्मी गर्वुजाले नृत्य र अम्मर गुरूङ, सुर्य खड्काले गित गाउनु भएको थियो। कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष नविन निउरेले र संचालन महासचिब सिद्धार्थ श्रेष्ठ को रहेको थियो।
















(2).gif)
