मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

कास्कि पोखरा समाज जापानको आयोजनमा आईतबार टोकियोमा नेपाली पर्वहरुको अवसरमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट आश्विन १८, २०७९ मंगलबार
  • 446
    SHARES
  • कास्कि पोखरा समाज जापानको आयोजनमा आईतबार टोकियोमा नेपाली पर्वहरुको अवसरमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    नेपालीहरुको महान पर्व  बिजयादशमी, दिपावली (तिहार) , नेपाल सम्बत ११४३ र छठ पर्वको अबसरमा आइतबार टोकियोमा कास्की पोखरा समाज जापानको आयोजनमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    images

    शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको प्रमुख अतिथीमा पोखरा महानगरपालिकाका नगर प्रमुख श्री धनराज आचार्यले अनलाईन मार्फस सहभागि हुदै पोखराको समग्र बिकासमा जापानमा बस्ने पोखरेलीलेबाट सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

    कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विकास पौडेल विशेष अतिथि, समाजका निबर्तमान अध्यक्ष तथा संरक्षक बिकास श्रेष्ठ, (NRNA) जापानका अध्यक्ष शिव प्रसाद पौडेल, थकाली सेबा समिति जापानका अध्यक्ष बुद्दी गौचन, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राई, तमु धी जापानका उपाध्यक्ष अनिला गुरुङ, कास्की समाज अमेरिकाका अध्यक्ष भरत बराइली , नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, गैरआवासिय नेपाली संघ (NRNA) जापानका सल्लाहकार गृष्मा पौड्याल  लगायतका अतिथीहरुले शुभकामना मन्तब्य राखेका  थिए ।

     

    कास्कि पोखरा समाज जापानका महासचिव बिष्णु भण्डारी ( बिसु )को संचालन तथा बरिष्ठ उपाध्यक्ष सन्देश अधिकारीले स्वागत मतब्य राखेका थिए भने कार्यक्रमको बारेमा कमल बास्तोँलाले प्रकाश पारेका थिए 

    पोखरा घर भइ जापान भ्रमण आउनु भएका राम प्रसाद अधिकारी र होम नाथ बास्तोलालाई जेष्ठ नागरिकको रुपमा सम्मान पनि गरिएको थियो।

    9287CD7F-F1B6-4749-8B38-A67508755C18.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार