मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

पर्वत समाज जापानको सातौं अधिवेशन अक्टोबर १ तारिख टोकियोमा हुँदै

गण्डकी पोष्ट भाद्र ३१, २०७९ शुक्रबार
  • 484
    SHARES
  • पर्वत समाज जापानको सातौं अधिवेशन अक्टोबर १ तारिख टोकियोमा हुँदै

    पर्बत जिल्ला बाट अध्ययन ,रोजगारी तथा पेशा ब्यवसाय गरी जापानमा बसोबास गर्ने पर्वतेलीहरूको साझा  संस्था पर्वत समाज जापानको सातौं अधिबेशन यही अक्टोबर १ तारिख हुनेभएको छ। 

    images

    नेपाली बीच आपसी सहयोग आदाप्रदान तथा जन्मभुमिको सेवामा समर्पित गर्ने उद्देश्यले सन् २००९ मा स्थापना भएको  पर्बत समाज जापानको अधिबेशन टोकियोको  ओकोबू स्थित किङ्स् बारको सभाहलमा दिनको ११ बजे देखी हुने संस्थाका महासचिव राम बास्तोलाले जानकारी दिनु भएको छ |

    अधिबेशनमा आर्थिक तथा साँगठनिक प्रतिबेदन पेश, पर्बतेलीहरुको सामुहिक ऐक्यवद्धता  तथा उपलब्धिको बारेमा छलफल हुनुका साथै नयाँ कार्यसमिति चयन हुने जनाईएको छ |

    अधिबेशन सम्पन्न गर्नको लागि संस्थाका सल्लाहाकार ओम गुरुङको संयोजकत्वमा  ३ सदस्यीय निर्वाचन कमिटि गठन गरिएको छ | निर्वाचन कमिटिको सदस्यमा संस्थापक अध्यक्ष ईश्वर जोशी र नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले रहनु भएको छ |

    अधिबेशन चुस्त र दुरुस्त सम्पन्न गर्नको लागि जिल्लाका साविक ५५ गाविस तथा हालका सात ओटै पालिकालाइ समेट्नको लागि संयोजक तोकेर सदस्य संकलन कार्य गरिएको बास्तोलाले जानकारी दिनु भएको छ |

    पर्बत समाज जापान जुन उद्देश्यले  स्थापना गरिएको हो त्यो उद्देश्य पुरा गर्नको लागि समाजले भूमिका खेलिरहेको बताउदै संस्थापक अध्यक्ष जोशीले आगामी कार्य समितिले महत्वपुर्ण भुमिका खेल्ने आशा ब्यक्त गर्नु भएको छ | 

     

    अधिबेशन सम्पन्न गर्नको लागि तयारी पुरा भएको जानकारी गराउदै अध्यक्ष जनक सुबेदीले निर्धारित मिति,स्थान र समयमा सम्पन्न गर्नको लागि जापान बासि पर्बतेली माझ उपस्थितिकालागी आव्हान  गर्नुभएको छ |

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार