मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

कानागावा नेपाली कम्युनिटीको आयोजनामा मंगलवार भब्य रुपमा तीज कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट भाद्र १५, २०७९ बुधबार
  • 457
    SHARES
  • कानागावा नेपाली कम्युनिटीको आयोजनामा मंगलवार भब्य रुपमा तीज कार्यक्रम सम्पन्न

    कानागावा नेपाली कम्युनिटीले मंगलवार भब्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ। बिगत लामो समय देखी यस संस्थाले निःशुल्क प्रवेश र दर खुवाउने कार्यक्रम गर्दै आएको छ। कार्यक्रम को सभापतित्व संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ ले गरेका थिए भने प्रमुख अतिथिमा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी र बिशेष अतिथिहरूमा संरक्षक जिज्ञान कुमार थापा, निवर्तमान अध्यक्ष हरि सापकोटा, निर्वाचन मण्डलका संयोजक प्रकाश पौडेल माईला, सदस्यहरू बाबुराम भण्डारी, लोकनाथ वस्ति, एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ र सल्लाहकार देवीलाल भण्डारी थिए। 

    images

    नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा शान्ता जिसी,अमित सापकोटा, खेमराज पौडेल, शर्मिला तामाङ, निशा क्षेत्रि,र शिवा  केसी को जोडदार प्रस्तुति रहेको थियो भने सहभागीहरू भरपुण मनोरन्जन लिदै सांगितिक माहोलमा नृत्य गरेका थिए। स्वागत मन्तब्य संस्थाका बरिष्ट उपाध्यक्ष यमकान्त कंडेल र संचालन सचिव सुशिल तिवारी को रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार