मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

हरितालिका तीजको अवसरमा निष्पक्ष न्यूज डटकमले नगद पुरस्कार सहितको “तीज डान्सिङ क्विन” प्रतियोगिता गर्दै

गण्डकी पोष्ट भाद्र १०, २०७९ शुक्रबार
  • 376
    SHARES
  • हरितालिका  तीजको अवसरमा निष्पक्ष न्यूज डटकमले नगद पुरस्कार सहितको “तीज डान्सिङ क्विन” प्रतियोगिता गर्दै

    टोकियो,जापान। 
    जापानमा रहेका नेपाली चेलीहरुलाई लक्षित गरी नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा 'तीज डान्सिङ क्विन'  हुने भएको छ । 

    images

    ‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नृत्य प्रति रुचि राख्‍ने नारीहरुले सहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजक निष्पक्ष न्यूज डटकमले जानकारी दिएको छ । 

    सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तीजमा यस बर्ष तीजको रमाईलो सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी येन, दोश्रो हुनेले ४० हजार जापानी येन र तृतीय हुनेले ३० हजार जापानी येन सहित ट्रफि प्राप्त गर्ने भएका छन । 

    प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले घरमा नै २ मिनेट सम्मको तिजको गितमा नृत्य गरेको भिडियो निष्पक्ष न्यूजको फेसबुकमा वा निष्पक्षन्यूजको 08047262061 को ह्वाटसएपमा यही अगष्ट ३१ तारिख सम्म पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्ति वाईवाले जानकारी दिनुभयो ।

    प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णायक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनल राउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार