टोकियो,जापान ।
एनआरएनए जापानको बर्तमान (२०२१-२३) कार्यकालमा देखिएका विवाद र असमझदारीलाई समाधान गरी संघलाई एकताबद्ध बनाउने उद्धेश्यले दुई पक्षीय सहमति भएको छ।
२०२१ जुलाई ३० मा सम्पन्न NRNA Japan को निर्वाचनको विषयमा विवाद उत्पन्न भै अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरु द्वारा देश, विदेशमा रहेका नेपालीहरु प्रति यस अवधिमा भएका असुविधा, अन्योलता एवं गैरआवासीय नेपाली संघमा पुग्न गएको अपूर्णय क्षति प्रति आत्मालोचना गर्दै, यस अवधीमा भए गरेका सवै घटनाक्रम हरुमा भएका कमि कमजोरीहरुलाई आत्मसाथ गर्दै गत २०२१ जुलाई २९ तारिखको अवस्थामा फर्केर सोही जगमा टेकी गठित शिव प्रसाद पौडेलको कार्यसमितिलाई अनुमोदन गर्ने र अनिता गुरुङलाई उक्तकार्यसमितिको संरक्षक बनाउने गरी सहमति भएको जनाईएको छ ।
त्यसैगरी अनिता गुरुङ समूहमा रहेका अन्य व्यक्तिहरुलाई आवस्यकता अनुसार सल्लाहकार एवं विभिन्न विभागहरुमा मनोनयन गर्ने,एनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालको निष्पक्ष, धाँधली रहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गर्ने पनि सहमति भएको छ।
निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वासनियता र सर्वस्वीकार्यता हुनेगरी सदस्यता बनाउने साथै NRNA ICC ले प्रयोगमा ल्याएको MIS System को विश्वासनियता र Personal Information Protection को प्रत्याभूतिको सुनिश्चितता गरी प्रयोगमा ल्याउने ,संघको खाता वाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याउने भनी उल्लेख गरिएको छ। ।
गैर आवासीय नेपाली संघको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा मनानोयन गर्नका लागि ओम गुरुङको संयोजकत्वमा शिव प्रसाद पौडेल र अनिता गुरुङ सदस्य रहेको एक समिती पनि गठन गरेको छ ।
सहमितिको लागि बसेको वार्तामा एनआरएनए आइसीसी संरक्षक भवानी भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धीराज घिमिरे, बिजय थकाली लगाएत पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सचिब शान्त पहरीको रोबरमा सहमति भएको थियो ।



(2).gif)
