मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

टोकियोमा आयोजित १२औँ नेपाल फ़ेस्टिबल भव्य रुपमा सम्पन्न

गण्डकी पोष्ट श्रावण १६, २०७९ सोमबार
  • 491
    SHARES
  • टोकियोमा आयोजित १२औँ नेपाल फ़ेस्टिबल भव्य रुपमा सम्पन्न

    एनआरएनए  जापान र नेपाली राजदूतावास, जापानको संयुक्त आयोजनामा टोकियोमा १२ औं नेपाल फेस्टिबल सम्पन्न भएको छ ।  टोकियोको नाकानो स्थित सिकीनो मोरी पार्कमा शानिवार र आईतवार गरी दुइदिन सम्म भएको फेस्टिबलको शानिवार संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।  

    images

     जापान सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी, फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागीता रहेको थियो ।

     

    दुई दिने नेपाल फेस्टिवलमा नेपालको पर्यटन प्रर्वद्धन, मौलिक कला संस्कृति प्रर्वद्धन सहित सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक सहित खाना परिकारहरु प्रर्दशन गरिएका थिए । झण्डै दुई दर्जन व्यवसायका स्टल समेत राखिएको फेस्टिवलको दुवैदिन निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो ।

     

    चर्को घाम, बढ्दो कोभिड महामारि सहित मंकिपक्स भाइरसको जोखिमका बिच दुईदिने नेपाल फेस्टिवल करिव १ लाख व्यक्तिले अवलोकन गरेको अनुमान गरिएको छ ।फेस्टिवलमा जापानको राजधानी टोकियो र आसपासका प्रान्त सहित सबैभन्दा टाढा रहेको ओकिनावा सहित होक्काइदोबाट समेत नेपालीहरुले सहभागीता जनाएका थिए ।

     

    नेपाली नागरिकहरु बाहेक जापानी, बेलायती, अमेरिकी, ईण्डियन, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन देशहरु तथा युरोपियन देशका जापानमा रहँदै आएका दर्जनौं बिदेशी नागरिकहरुको समेत फेस्टिवलमा सहभागीता रहेको पाइएको छ ।

     

    फेस्टिवल आयोजना गर्न सबै खालको साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले फेस्टिवल आयोजनाको गतिविधि तथा कारोवार लगायत विषयमा छिट्टै सम्पूर्ण विवरण पारदर्शि रुपमा सार्वजनिक गर्ने बताउनुभयो ।

     

    फेस्टिवल सांस्कृतिक पहिचान, पर्यटन प्रर्वद्धन, स्टल व्यवस्थापन, व्यवस्थित सहभागीता लगायत सबै दृष्टिकोणले फेस्टिवल सफल रहेको संघका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।

    94B41F62-6CAB-4CC1-8C44-39F196A85671.jpeg

    7E99D508-A8CB-4ACF-9DA2-474A650E7CF9.jpeg

  • सम्बन्धित विषय:

  • # Nepal festival 2022 Tokyo japan
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार