






टोकियो, जापान ।
करिव एक लाखको हाराहारिमा जापानमा रहेका नेपालीहरुको पहिचानसँग जोडीएको १२ औं नेपाल फेस्टिबलको तयारी पुरा भएको छ।
जुलाई ३० र ३१ तारिख अर्थात भोलि र पर्सि टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा हुँदैछ भने अर्कोतिर जापानमा कोरोना संङ्क्रमणको दर दिनप्रतिदिन वढ्दै गएको छ।फेष्टिभलमा सहभागि हुंदा पुर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर मात्रै सहभागि भईदिनुहुन अनुरोध गर्दै फेस्टिबलको तयारी सकिएको आयोजक एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
१२ औँ नेपाल फेस्टिवलका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्लिसिना आज टोकियो आईपुग्नु भएको छ भने जापानबाट परराष्ट्र मन्त्रालयका एसिया बिदेश बिभाग प्रमुख- कानो ताकिहिरो बिशेष अतिथि र नाकानो सिटीका मेयर साकाई नाओतो लगायतका अतिथिहरु रहनुहुने छ ।
आयोजकले मेला स्थलको भौतिक निर्माण,विभिन्न पसल तथा स्टलहरुको तयारी तथा अतिथि एवं प्रस्तुती लगायतका सबै तयारीहरु सकिएको जानकारी दिएको छ।
फेस्टिबलमा अधिकतम रुपमा नेपाली कला,संस्कृति,भेषभुषा, झाँकी प्रस्तुत गर्दै नेपाल-जापान सम्बन्ध थप प्रगाढ हुने खालका कार्यक्रम प्रस्तुत गरिने जनाईएको छ।
मुख्य आकर्षणको रुपमा नेपालको मौलिकता झल्किने घर, पञ्चेबाजा, मौलिक लोक भजन, बिभिन्न जातिका झाँकी, जापानिज कलाकारका बिबिध सांस्कृतिक प्रस्तुतिहरु रहनेछन।त्यसैगरि नेपाली खानाका परिकार, नि:शुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य परामर्श र महिला बिशेष परामर्श सेवा रहने छ।
नेपालिको पहिचान संग जोडिएको नेपाल फेस्टिभल लाई महाकुम्भ मेलाको रुपमा जापानमा रहेका नेपालीहरुले मनाउने गर्दछन।
फेस्टिबलमा धेरै भन्दा धेरै जापानिजलाई सहभागी गराउने उद्देश्य राखिएको छ।






(2).gif)
