टोकियो, जापान ।
एनआरएनए जापानको आयोजनामा हुँदै आएको “एनआरएनए मेरो साथी”को दशौँ शृंखला अन्तर्गत जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक बिशेष छलफलमुलक कार्यक्रम हुने भएको छ ।
मासिक शृंखला अन्तर्गत बिशेष बिषयमा बिशेष छलफल हुने भर्चुअल कार्यक्रम यही जुलाई २३ तारिख शानिवार साँझ ५ बजेबाट जापानबाट सन्चालित अनलाईनका फेसबुक पेजबाट एकैसाथ प्रसारण हुने कार्यक्रममा जापानमा नेपाल फेस्टिबलको आवश्यकता महत्व र हाम्रो जिम्मेबारीको विषयमा बहस हुनलागेको जनाईएको छ।
यस पटकको बहसमा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद आइसीसीका उप महासचिब ओम गुरुङ, आइसीसी एसिया प्यासिफ़िक़ संयोजक पारसमणि पोखरेल र एनसीसी जापानका अध्यक्ष शिब प्रसाद पौडेलको सहभागी रहने भएको छ ।
उक्त बहसमा जापानमा गरिने नेपाल फेस्टिबल किन र के का लागी ? जापानी समुदायमा नेपाल फेस्टिबलले पार्ने प्रभाब । नेपाल फेस्टिबलमा नेपाली समुदायको भुमिका लगायतका विषयमा अन्तरक्रिया तथा बहसहुने सचिब श्याम सितल श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई गराउनुको साथै हाम्रो कला सांस्कृतिक आदन प्रदान गर्ने उदेश्यले आयोजित १२ औं नेपाल फेस्टिबल यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानो सिकिनो मोरि पार्कमा हुँदै छ।
(2).gif)
