शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त

गण्डकी पोष्ट श्रावण २, २०७९ सोमबार
  • 709
    SHARES
  • जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त

    जापानका लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन्।

    images

    आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा सुवेदीलाई राजदूतमा नियुक्त गरेकी हुन्।

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

    मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि एग्रिमोका लागि जापान सरकारलाई आग्रह गरिएको थियो।

    एग्रिमो आएपछि सुवेदी नियुक्त भएका हुन्।

    E1CCA867-D80B-4FAB-8C94-F6109B8BE7CE.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार