मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिख पत्रकार सम्मेलन गरिने

गण्डकी पोष्ट श्रावण २, २०७९ सोमबार
  • 467
    SHARES
  • टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिख पत्रकार सम्मेलन गरिने

    टोकियो/जापान । जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । 

    images

    नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने  उदेश्यले आयोजित मेला यहि  जुलाई ३० र ३१ तारिक एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरि पार्कमा  हुने तय भएको छ । फेस्टिवलका प्रचार/प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार,अनौपचारिकरुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको  २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिकरुपमा जानकारी गराउन लागिए हो । 

    आयोजका अनुसार नेपाल फेस्टिवल २०२२ को  तयारी अन्तिम चरणमा पुगिसकेको छ । जापानमा नेपालीहरुको गौरवकोरुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करणको हालसम्मको तयारी,फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराउन लागिए हो । 

    पत्रकार सम्मेलन आउँदो २२ तारिख शुक्रबार बेलुकी ७ः०० बजेबाट अनलाईन(भर्चुअल) माध्यमबाट आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा सहभागीताका लागि सम्पूर्ण संचारकर्मीहरुमा जुम आईडी प्रचार/प्रसार ग्रुप मार्फत उपलब्ध गराईने छ ।

  • सम्बन्धित विषय:

  • # Nepal festival 2022 Tokyo japan
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार