गोली लागेर अचेत बनेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रबार बिहान नारा प्रान्तमा आयोजित चुनावी सभामा सम्बोधन गर्न त्यहा पुगेका आबे माथि गोली प्रहार भएको थियो ।
भाषण गरिरहेका ६७ बर्षिय शिन्जो आबेलाई पछाडिबाट दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो।
हत्या प्रयासको आशंकामा नारा सिटीकी ४१ वर्षीय तेत्सुया यामागामीलाई नारा प्रान्त प्रहरीले पक्राउ गरेको छ ।
आबे एक राजनीतिज्ञ परिवारमा हुर्केका थिए, आबेका हजुरबुवा पूर्व प्रधानमन्त्री नोबुसुके किशी थिए, उनका हजुरबुवा प्रतिनिधि सभाका पूर्व सदस्य कान आबे थिए भने उनका बुबा पूर्व विदेशमन्त्री शिन्तारो आबे थिए र पहिलो पटक निर्वाचित भएका थिए।
प्रधानमन्त्रीको रूपमा उनको कुल कार्यकाल इतिहासमा सबैभन्दा लामो र सफल रहेको थियो।
(2).gif)
