टोकियो,जापान ।
नेपालको पहिचान कला, संस्कृति, भेषभुषा, परिकार लगायत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रीय बजारीकरण एवं पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ आयोजित १२ औं नेपाल फेस्टिवलको तयारी धमाधम अगाडी बढेको छ।
यही जुलाई ३० र ३१ तारिख एनआरएनए जापानको आयोजनामा टोकियोको नाकानो सिटीको नाकानो सिकिनो मोरी पार्कमा हुन लागेको फेस्टिबलमा आफ्नो बिभिन्न कला,संस्कृती जात जातिका भेषभुषा र मनोरंजनात्मक कार्यक्रम एवं अन्य प्रतिभाहरुको पनि प्रदर्शन गरिने भएको हुदा यस सम्बन्धित प्रतिभाको धनि हुनुहुन्छ भने प्रस्तुत गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुलाई यहि जुलाई १० तारिख भित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले नेपाल फ़ेस्टिवल आयोजक समितिको सचिब तथा कार्यतालिका ब्यबस्थापन उपसमितिको संयोजकको तर्फबाट सबै जापानबासी नेपालीहरुमा नेपालको कला संस्कृती जात जातिका भेषभुषा चिनाउने अभियानमा हातेमालो गर्न अनुरोध गर्नुभएको छ। प्रवाशमा रहेका कैयन नेपालीहरु कलागलाले सम्पन्न हुँदा हुँदै पनि उचित स्थान नपाउँदा ओजेलमा परेको हुँदा लुकेका प्रतिभालाई उजागर गर्नपनी सार्वजनिक रुपमै सुचना प्रकाशन गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।

(2).gif)
