शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

एनआरएनए नागोया र नेसाजको आयोजनामा नागोयामा नवप्रबेशी विद्यार्थी लक्षित बिशेष कार्यक्रम हुने

गण्डकी पोष्ट जेठ २४, २०७९ मंगलबार
  • 453
    SHARES
  • एनआरएनए नागोया र नेसाजको आयोजनामा नागोयामा नवप्रबेशी विद्यार्थी लक्षित बिशेष कार्यक्रम हुने

    एनआरएनए जापान क्षेत्रिय समिती नागोया र नेपाली विद्यार्थी समाज जापानको संयुक्त आयोजनामा जापानमा आएका  नवअगन्तुक विद्यार्थी केन्द्रित बिशेष कार्यक्रम हुने भएको छ । जापानमा विद्यार्थीको रुपमा रहँदा ध्यानदिनुपर्ने अतिआवश्यक कुराहरुको बारेमा जानकारी गराउने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको बताईएको छ। 

    images

    जुन १२ तारिख आईतवार दिनको १ बजेबाट ५ बजेसम्म जापानको नागोयामा हुँने कार्यक्रममा सम्भव हुने नेपाली विद्यार्थीहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ। 

    जानकारीमुलक कार्यक्रममा जापान बसाईमा ध्यान दिनु पर्ने कुराहरू,काम खोज्ने तरिका,खर्च र आम्दानीलाई मिलाउने तरिका,जापानमा सुन्दर भबिष्य निर्माण गर्ने आधारहरू,मानसिक र शारिरिक रूपमास्वास्थ रहने आधारहरू,होकेन नेनकिन (सरकारी काम),छात्रवृत्ति लगायत अन्य बिषयहरुमा पनि बिशेषरुपमा ब्रिफिङ गरिने आयोजकले  जनाएका छन ।  

    लामो प्रतिक्षापछी जापान प्रबेश गरेका नवप्रवेशी विधार्थीहरुका लागि गर्न लागिएको स्वागत तथा बिबिध बिषयमा परामर्श दिन आयोजित कार्यक्रमबाट नवअगन्तुक विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा आयोजकको रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार